भो अब ढुंगो ढोगेर केही हुदैन !
कलि मा मुर्ति पुजेर केही हुदैन !!
जे जे छ सबै अन्धकारमा छ ,
युवा सबै विदेह हिडेर केही हुदैन !!

Rockiron Ganesh



खै कसरी हाँसौ यहाँ  चोट बोकेर मनमा !
भुल्नै नसक्ने सयौ  खोट बोकेर मनमा !!
चोखो मनले पर्खी रहें जुनिभर सम्झी !
तिमी आयौ एक्कैछिनलाई नोट बोकेर मनमा !!




अँधेरीमा हेर जुन हुन्छ संगै
पसिनामा हेर सुन हन्छ संगै
गरिबहरु मुस्कुराउँदा बिचार गर
मेहनत र पसिनाको धुन हुन्छ संगै







Rockiron Ganesh 


दुखी रा छ मुटु मेरो गोली लाग्यो मलाई 
सम्भंदमा निर्मोहिको बोली लाग्यो मलाई 
पाईला चालु भन्छु सकिएन तिमी बाहिक
आँसु संगै बग्यो जीवन खोली लाग्यो मलाई

Rockiron Ganesh 


शुभ - कामना
**मुक्तक**
अरू भन्दा फरक यो बर्ष हुनु पर्छ/
मनमा शान्ति अनि हर्ष हुनु पर्छ /
ऑट गर्नु पर्छ जे पनि हुन सक्छ,
केहि गर्छु भन्ने निश्कर्ष हुनु पर्छ /

जयराम वि.क.{जयॉ भॉवुक}

धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,



एक सुन्दर प्रेमको आविस्कार गर्छु भन्यौ,
माया दिइ तिमी लाइ पुरस्कार गर्छु भन्यौ,
कता गए ती बचन आज सबै उल्टा देख्छु,
सम्हालेको चोखो माया बहिस्कार गर्छु भन्यौ।

-भिम सुबेदी

पानी हैन मुहान देउ मलाई
रात हैन बिहान देउ मलाई
चुपचाप स्वीकार्ने छु जुनिभर
संगै हुने बचन देउ मलाई


-Rockiron Ganesh

जिन्दगि मलाई दिक्क भयो
भन्छन सबले ठिक्क भयो
हिड्न खोज्छु चल्दैन पाइला
सास अर्डके झैँ हिक्क हिक्क भयो

आखाँ बाट आँसु बगी रा छन् किन
अनायासै झरना झैँ झरिरा छन् किन
जति चोट दिन्छौ अझै देउ भगवान
पिडा अनी दुखले घेरी रा छन् किन

-सृजना चौलागाईं

सक्छौ भने भेट्न आउ तेही सिरानो गाउँमा |
बर पिपल चौतारी अनि तेही बिरानो ठाउँमा |
पराइ घर भए पछि नाउ पनि फेरियो होला
यो मन मेरो पर्खि रहेछ तेही पुरानो नाउँमा |
 

-मगर कान्छो

मेटियोस सवै जनाका, कुविचार-- दुर्भावना
पलाओस सधैँ मनमा, सुविचार-- सुभावना
फैलिओस अव जनमा , सत्प्रेम सत् -- भावना
नयाँ वर्षको छ यहाँमा, मेरो यो --शुभकामना ।।

-चूडा निर्भीक

देशमा बिकास हुनेछ 
शान्तिको आभास हुनेछ । 
जनता जुर्मुराउनेछन्, 
तिम्रो पर्दाफास हुनेछ । । 
-आशिष दनाई 
बेसिशहर लमजुङ 
हाल-लेखनाथ कास्की 
2069-12-26


थाहै नदीइ तिमीले मलाई चोर्यौ अलिकती
गयौ तर प्रीतको वासना छरयौ अलिकती
मन्द मन्द हरेक अंग तिम्रै मायाँ सल्बलायो
लाग्छ फेर्ने सास पनि हरेऊ अलिकती ।।

मदन भण्डारी
गरामनी एक झापा

1)
कस्तो हुन्छ होला तिम्ले,मलाई आफ्नो मान्दाको दीन,
दीलकी रानी बनाएको,तिम्ले पनि जान्दाको दीन।।
सीमा हुन्न खुशीले नै,कती गद्-गद हुन्छु होला,
हजारौमा जीबन साथी,तिम्ले मलाई छान्दाको दीन।।

बाल कृष्ण भट्टराई,
स्यङ्जा,हाल-यू ए ई,

2)
गुलाफको फुल ... दिन प्रिय ... आटीलो यो हातै छैन
फकाउनलाई ... जाली कुरा ...बोल्ने कुनै बातै छैन

भ्यालेनटाइन्डे... उपहार ... हिमाल झैँ उघ्रियेर
मन्द मुस्कान... दिन्थे तर ... अगाडिको दातै छैन

—rajeev gc sangharshi



3)
उनले प्रेमपत्र थमाइन्, अनि लजाइन्
मैले देको गुलाब समाइन्, अनि लजाइन्
मैले पनि भनिदिए, मनमा भए जति कुरा
एकछिन खुब रमाइन् , अनि लजाइन्

bikalpa babu


4)
याद आउँछ उनीसँग बिताएका ती रातहरू
हिजो होकी जस्तो लाग्छ गरेका ती बातहरू
तिमी अर्कैसँग रम्दा खाली भा छ मेरो साथ,
चस्कन्छ मन आँखा अघी समाउँदा ती हातहरू


KG samarpan

5)
हाँस तिमी म नै चोटमा सधैँ सधैँ जिउला साथी
मागे तिम्ले प्राणै मेरो त्यो पनि त दिउला साथी
मेरा भागका खुसी सँग साट्न देउ तिम्रा दुःख
झरेका ति आशु पनि अमृत सम्झि पिउला साथी

RAJIB BHANDARI

तिम्रो दु:ख, पिडालाई हर्न चाहन्छु म,
मायाको हरेक रङ छर्न चाहन्छु म,
मेरो यो प्रस्ताबलाई स्वागत गर प्रिया,
जन्मौ जन्म संगै बाँच्न मर्न चाहन्छु म ।।

Madan Bhandari

नाम लिदै ओठ भरि अन्तिम सास चल्ने बेला
श्रन्दाली दिनु पुर्व दिपको बाति बाल्ने बेला

बिडम्बना त्यागी सबै मुस्कान छोडी आए काली
मुर्झाएको लाश मेरो चिता माथि जल्ने बेला

राजिव जी सी 'संघर्शी'

उसको मुस्कानमा गुलाबको बास्ना छरिएझैं लाग्छ
कुन्नी किन-कीन प्रेम जालमा परिएझैं लाग्छ
उहुँ ! उसको त कुनै ईशारा नै पाएको छैन मैले,
तर अन्जान मनमा उसकै मायाँ भरिएझैं लाग्छ ।

फेरि पनी एकान्तमा आँखा रसिएछ
कलेजोमा सम्झनाको छुरा धसिएछ ।।
पीडा हुन्छ मुटु पोल्छ भन्ने थाहा थियो
जानी जानी पिरतीको जालमा फसिएछ

हत्केलाले सूर्यलाई छेकी कहाँ छेकिन्थ्यो र
अतित त्यो मनबाट मेटी कहाँ मेटिन्थ्यो र
....अझै पनि माया उस्तै मुटु भित्र राखेको छू
हैन भने तिम्रो नाम्को मुक्तक कहाँ लेखिन्थ्यो र

माया को उपहार दिने हो गुलावको फूल
माया रूपी हार दिने हो गुलावको फूल !!
 प्रेम दिवसमा सारा खुसी सुम्पेर सानुलाई
जिन्दगीको सार दिने हो गुलाबको फूल !!
- भूपेन पुरी
ईलाम
हाल: दक्षिण कोरिया

मेरो सरिर अनायासै गल्दा तिमि आउनु। अन्तिम यो धडकन चल्दा तिमि आउनु॥ म बाचेको सायद हेर्न नसकौलि तिमि, मेरो लास चिता माथि जल्दा तिमि आउनु॥ sugam paudel

हिजो आज देख्नै छाँडे कतै हरायौँ कि मलाई छाडी अरूलाई नै मन पो परायौँ कि अनायासै मन भित्र कुरा खेल्छन नानाथरि घरजाम गर्ने सुरसार तिम्ले अन्तै गरायौँ कि Rajib bhandari

कोदो माथि कुहाएको, भात हाल्नु हुदैनथ्यो नशा माथि जवानीको, मात हाल्नु हुदैनथ्यो रौसि लागि जिस्किएर, कान्छी बुढी भनेको हुम यत्तिकैमा मर्ने गरि, हात हाल्नु हुदैनथ्यो ] राजिव जी सी 'संघर्शी' बाग्लुंग


देश कती रोएको छ बुझीहेर्दा थाहा हुन्छ
ढुङ्गा माटो जताततै खोजीहेर्दा थाहा हुन्छ ।
कुर्षीमा बसेर देशको बिकास हुन्न हजुर
जनताको घर गई सोधीहेर्दा थाहा हुन्छ ।। 

-आशिष दनाई
बेसिशहर लमजुङ
[२०६९-१०-२०]