खै कसरी हाँसौ यहाँ  चोट बोकेर मनमा !
भुल्नै नसक्ने सयौ  खोट बोकेर मनमा !!
चोखो मनले पर्खी रहें जुनिभर सम्झी !
तिमी आयौ एक्कैछिनलाई नोट बोकेर मनमा !!




अँधेरीमा हेर जुन हुन्छ संगै
पसिनामा हेर सुन हन्छ संगै
गरिबहरु मुस्कुराउँदा बिचार गर
मेहनत र पसिनाको धुन हुन्छ संगै







Rockiron Ganesh 


दुखी रा छ मुटु मेरो गोली लाग्यो मलाई 
सम्भंदमा निर्मोहिको बोली लाग्यो मलाई 
पाईला चालु भन्छु सकिएन तिमी बाहिक
आँसु संगै बग्यो जीवन खोली लाग्यो मलाई

Rockiron Ganesh 


शुभ - कामना
**मुक्तक**
अरू भन्दा फरक यो बर्ष हुनु पर्छ/
मनमा शान्ति अनि हर्ष हुनु पर्छ /
ऑट गर्नु पर्छ जे पनि हुन सक्छ,
केहि गर्छु भन्ने निश्कर्ष हुनु पर्छ /

जयराम वि.क.{जयॉ भॉवुक}

धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,



एक सुन्दर प्रेमको आविस्कार गर्छु भन्यौ,
माया दिइ तिमी लाइ पुरस्कार गर्छु भन्यौ,
कता गए ती बचन आज सबै उल्टा देख्छु,
सम्हालेको चोखो माया बहिस्कार गर्छु भन्यौ।

-भिम सुबेदी

पानी हैन मुहान देउ मलाई
रात हैन बिहान देउ मलाई
चुपचाप स्वीकार्ने छु जुनिभर
संगै हुने बचन देउ मलाई


-Rockiron Ganesh

जिन्दगि मलाई दिक्क भयो
भन्छन सबले ठिक्क भयो
हिड्न खोज्छु चल्दैन पाइला
सास अर्डके झैँ हिक्क हिक्क भयो

आखाँ बाट आँसु बगी रा छन् किन
अनायासै झरना झैँ झरिरा छन् किन
जति चोट दिन्छौ अझै देउ भगवान
पिडा अनी दुखले घेरी रा छन् किन

-सृजना चौलागाईं

सक्छौ भने भेट्न आउ तेही सिरानो गाउँमा |
बर पिपल चौतारी अनि तेही बिरानो ठाउँमा |
पराइ घर भए पछि नाउ पनि फेरियो होला
यो मन मेरो पर्खि रहेछ तेही पुरानो नाउँमा |
 

-मगर कान्छो

मेटियोस सवै जनाका, कुविचार-- दुर्भावना
पलाओस सधैँ मनमा, सुविचार-- सुभावना
फैलिओस अव जनमा , सत्प्रेम सत् -- भावना
नयाँ वर्षको छ यहाँमा, मेरो यो --शुभकामना ।।

-चूडा निर्भीक

देशमा बिकास हुनेछ 
शान्तिको आभास हुनेछ । 
जनता जुर्मुराउनेछन्, 
तिम्रो पर्दाफास हुनेछ । । 
-आशिष दनाई 
बेसिशहर लमजुङ 
हाल-लेखनाथ कास्की 
2069-12-26