भो अब ढुंगो ढोगेर केही हुदैन !
कलि मा मुर्ति पुजेर केही हुदैन !!
जे जे छ सबै अन्धकारमा छ ,
युवा सबै विदेह हिडेर केही हुदैन !!
Rockiron Ganesh
Posted in Rockiron Ganesh by Gaesh |
अँधेरीमा हेर जुन हुन्छ संगै
पसिनामा हेर सुन हन्छ संगै
गरिबहरु मुस्कुराउँदा बिचार गर
मेहनत र पसिनाको धुन हुन्छ संगै
Rockiron Ganesh
Posted in Rockiron Ganesh by Gaesh |
शुभ - कामना
**मुक्तक**
अरू भन्दा फरक यो बर्ष हुनु पर्छ/
मनमा शान्ति अनि हर्ष हुनु पर्छ /
ऑट गर्नु पर्छ जे पनि हुन सक्छ,
केहि गर्छु भन्ने निश्कर्ष हुनु पर्छ /
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,
Posted in {जयॉ भॉवुक} by Gaesh |
एक सुन्दर प्रेमको आविस्कार गर्छु भन्यौ,
माया दिइ तिमी लाइ पुरस्कार गर्छु भन्यौ,
कता गए ती बचन आज सबै उल्टा देख्छु,
सम्हालेको चोखो माया बहिस्कार गर्छु भन्यौ।
-भिम सुबेदी
Posted in भिम सुबेदी by Ashish Danai |
Subscribe to:
Posts (Atom)