1)
कस्तो हुन्छ होला तिम्ले,मलाई आफ्नो मान्दाको दीन,
दीलकी रानी बनाएको,तिम्ले पनि जान्दाको दीन।।
सीमा हुन्न खुशीले नै,कती गद्-गद हुन्छु होला,
हजारौमा जीबन साथी,तिम्ले मलाई छान्दाको दीन।।

बाल कृष्ण भट्टराई,
स्यङ्जा,हाल-यू ए ई,

2)
गुलाफको फुल ... दिन प्रिय ... आटीलो यो हातै छैन
फकाउनलाई ... जाली कुरा ...बोल्ने कुनै बातै छैन

भ्यालेनटाइन्डे... उपहार ... हिमाल झैँ उघ्रियेर
मन्द मुस्कान... दिन्थे तर ... अगाडिको दातै छैन

—rajeev gc sangharshi



3)
उनले प्रेमपत्र थमाइन्, अनि लजाइन्
मैले देको गुलाब समाइन्, अनि लजाइन्
मैले पनि भनिदिए, मनमा भए जति कुरा
एकछिन खुब रमाइन् , अनि लजाइन्

bikalpa babu


4)
याद आउँछ उनीसँग बिताएका ती रातहरू
हिजो होकी जस्तो लाग्छ गरेका ती बातहरू
तिमी अर्कैसँग रम्दा खाली भा छ मेरो साथ,
चस्कन्छ मन आँखा अघी समाउँदा ती हातहरू


KG samarpan

5)
हाँस तिमी म नै चोटमा सधैँ सधैँ जिउला साथी
मागे तिम्ले प्राणै मेरो त्यो पनि त दिउला साथी
मेरा भागका खुसी सँग साट्न देउ तिम्रा दुःख
झरेका ति आशु पनि अमृत सम्झि पिउला साथी

RAJIB BHANDARI